चांगन अटो पहिलो स्थानमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
May 22, 2022

चांगन अटोले चाइनिज ब्राण्ड मध्यको पहिलो स्थान कायमै राख्न सफल भएको छ । फेब्रुअरी २०२२को तथ्यांक अनुसार चाइनाको १० उत्कृष्ट घरेलु अटोमोबाइल ब्राण्ड माझ चांगन पहिलो भएको थियो । यात्रुबाहक कारको बिक्रिको आधारमा यो मुल्याङ्कन गरिएको थियो ।

त्यसैगरी चांगन अटोमोबाईल नयाँ गाडीको गुणस्तर मुल्याङ्कनमा चाइना भरिमै सर्वोत्कृष्ट भएको थियो । गतवर्ष २०२१ मा विश्व बजारमा उपभोक्ता अन्तरदृष्टि र बजार अन्वेषणमा अग्रसर कम्पनी जे.डी पावरद्वारा सञ्चालित जे.डी पावर चाइना न्यु भेइकल इनिसिएल क्वालिटी स्टडी (आई.क्यु.एस) मा चांगन सर्वोत्कृष्ट ठहरिएको थियो ।

चांगनको उच्च गुणस्तर मापन र अधिक्तम बिक्रिबाट पनि किन चांगन सर्वोत्कृष्ट चाइनिज ब्राण्ड हो भन्ने अनुमान लगाउन सकिन्छ ।