सुरक्षा लुब्रिकेन्टको प्रायोजक अत्तरखेल युवा समाजलाई
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
September 1, 2021

काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित अत्तरखेल युवा समाजलाई सुरक्षा लुब्रिकेन्टले प्रायोजन गर्ने भएको छ । अत्तरखेल युवा समाजले सी डिभिजन लिग क्वालिफायर खेल्ने छ । समाजका खेलाडीहरुले सुरक्षा लुब्रिकेन्टको लोगोयुक्त जर्सी लगाएर फुटबल खेल्ने छन् ।
गत साउन १० देखि सातदोबाटोस्थित एन्फा परिसरमा शुरु भएको प्रतियोगिता आगामी असोज सम्म चल्ने छ । प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाबाट ५ टिम सहभागी हुने नगरप्रमुख सन्तोष चालिसेले बताए । प्रतियोगितामा अत्तरखेल युवा क्लबबाट २३ जना खेलाडीको टिम सहभागी हुने समाजले जानकारी दिएको छ ।
सुरक्षा लुब्रिकेन्टका म्यानेजिङ डाइरेक्टर जयराज भण्डारी र कार्यकारी निर्देशक फुर्वा लामा समेतको उपस्थितिमा भएको सो कार्यक्रममा नगरप्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दीपक रिसाल, प्रमुख कोच नगेश रावत, सहकोच सुजन बस्नेत, फुटबल टिम क्याप्टेन दुर्गालाल श्रेष्ठ, समाजका अध्यक्ष सुमन लामा, सचिव दिनेश राई, फुटबल अध्यक्ष विनोद सुनुवार, खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।