राइडर गुफीले गरे सगरमाथाको आरोहण
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
May 19, 2022

नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ले सगरमाथा सफल आरोहण गरेका छन् । उनले जेठ १ गते बिहान ७-८ बजेतिर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले आरोहण ११ अप्रिलमा शुरू गरेका थिए । उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पूरा गरेका हुन् । सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाह विरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउन अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यालयमा अप्रिल ९ मा एक कार्यक्रम आयोजना गर्दै कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए ।

प्रमोद श्रेष्ठ ‘गुफी’ले सगरमाथाको चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलतापूर्वक पुर्‍याई फहराए । रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपालभर बिक्री अनुमति पाएको हो, कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य शुरू गरिरहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।