रिशिक अटोमोबाइल्स बल्खुमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
August 31, 2021

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु अग्रवालले बल्खुमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम रिशिक अटोमोबाइल्सको शोरुमको उद्घाटन गरेको छ ।

शोरुममा बिक्रीको साथै स्पेयर पाटर््स र सर्भिसका सेवाहरु पनि उपलब्ध छन् । शोरुमको सर्भिस सेन्टरमा यामाहा एफआई स्टेसन पनि रहेको छ जहाँ एफआई प्रविधियुक्त बाइकहरुको नवीन प्रविधिद्वारा जाँच गरी हेल्थ कार्ड पनि निःशुल्क निकालिन्छ । यसका साथै नेपाली बैज्ञानिक महाविर पुनद्वारा निर्मित अटोमेटिक बाइक वाश गर्ने मेसिन जडान गर्ने मोरङ अटो वर्क्स नेपालकै पहिलो कम्पनी बनेको छ ।

शोरुममा आजैबाट एक्सचेन्ज मेला पनि शुरु भएको छ जहाँ ग्राहकहरुले कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरुमा बजार प्रचलित मूल्यांकन भन्दा थप १५ हजार प्राप्त गर्नेछन् । यसका साथै ७ हजार नगद छुट, शून्य प्रतिशत ब्याज, न्यून डाउन पेमेन्ट र न्यून किस्ताका सुविधाहरु पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने बताइएको छ ।