चांगन अटोको के ग्लोबल फाउन्डेसनसँग सहकार्य
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
May 2, 2022

नेपाली अटोमोबाइल उद्योगमा बहुप्रतिष्ठित एमएडब्लु बृद्धि गुप आयातकर्ता रहेको चांगन अटो मोबाइल सदैब समाजप्रतिको बिबिध उत्तरदायित्वलाई परिपूर्ण पार्न अग्रसर रहेको छ । यसै अन्तर्गत चांगन अटो नेपालले के ग्लोबल फाउन्डेसनसँग भेईकल पार्टनरको रुपमा सहकार्य गरेको छ । के ग्लोबल फाउन्डेसनको हरेक सामाजिक पहलहरुमा चांगन अटोको साथ र सहयोग रहने जनाएको छ ।

के ग्लोबल फाउन्डेसन २०१९ मा स्थापना भएको मुनाफा रहित संस्था हो । आफ्नो स्थापनाकालदेखि नै समाजका बिबिध क्षेत्रमा निरन्तर रूपमा सङ्लग्न रही पशु कल्याण, शिक्षा, वित्तीय साक्षरता, प्राथमिक दृष्टि सेवा, एवम् खेलकुद विकासमा अग्रसर रहेको छ । विशेषत यस फाउन्डेसनले अल्पसंख्यक समुदायको हितमा कार्यक्रमहरु गर्दछ ।

यस सहकार्यको सुरुवात रामेछापको एक विधालयको सहयोग कार्यक्रमबाट सुरु भयो । के ग्लोबल फाउन्डेसन टिमले सहयोगमा सहभागी हुन चांगन अटोको प्रिमियम लाईफ स्टाइल पिकअप हन्टरको प्रयोग गरेको थियो । श्री देभिस्वर बिधालयमा आवश्यक स्टेसनरी सामग्री, पानीको बोतल, र नोट कपीहरु बितरण गरिएको थियो । यसको अतिरिक्त टिमले स्थानीय र विधार्थीसँग अन्तरक्रिया गरेको थियो । विधार्थीहरुले चित्रकला कार्यक्रमा पनि सहभागी जनाएका थिए ।

चांगन अटो नेपालले यो सुरुवात मात्र रहेको र आउने दिनहरुमा यस्तै र अझ बढी प्रभावकारी कार्यक्रममा सहभागी हुने जनाएको छ ।