कोभिड खोप लगाउनेलाई कार दिने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
August 8, 2021

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा विभिन्न देशले आफ्ना नागरिकका लागि खोप अभियान चलाइरहेका छन् । यसै सन्दर्भमा रुसमा भने एउटा अनौठौ अभियान सञ्चालनमा ल्याइने भएको छ ।
रुसको मस्कोमा खोप अभियानमा व्यापकता ल्याउनका लागि नयाँ अभियान चलाइने भएको छ । मस्कोका मेयर सर्गेई सोबयानिनले कोरोना भ्याक्सिन लगाउने व्यक्तिका लागि रुसकै मुद्रा अनुसार करिव १६ लाख रुपैयाँ मूल्य पर्ने ब्रान्ड न्यु कार दिने घोषणा गरेका छन् । घरमा कार लैजान पाइने आशाका कारण धेरै नागरिकले खोप लगाउने अपेक्षा उनले गरेका छन् ।

भ्याक्सिनको पहिलो डोज लगाउने व्यक्तिका लागि उपलब्ध हुने कार प्रत्येक साता कमसेकम ५ व्यक्तिलाई लक्की ड्रमार्फत उपलब्ध गराइने छ । यसबाट कुल मिलाएर २० कार उपलब्ध गराइनेछ ।