रेडियो कार्यक्रम ‘सेभ ड्राइभ, सेभ लाईफ’ प्रशारण हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
April 25, 2022

नेपालमा मोटर÷मोटरसाइक्लिङ स्पोर्टस, अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र सडक सुरक्षा क्षेत्रमा सक्रिय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपाल र रेडियो काठमाडौं बिच रेडियो कार्यक्रम ‘सेभ ड्राइभ, सेभ लाईफ’ प्रशारण गर्ने सम्झौता भएको छ ।
रेडियो काठमाडौं ९२.१ मा प्रशारण हुने सो कार्यक्रम हरेक आईतबार साँझ साढे ६ बजे देखि आधा घण्टाको हुनेछ र आगामी आईतबारबाट ५२ हप्तासम्म चल्नेछ । फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए)को सहयोगमा संचालन हुने उक्त कार्यक्रममा सवारी दुर्घटना र रोकथाम, सुरक्षीत मोटरसाइकल राइडिङ्ग र सुरक्षित हेल्मेटको आवश्यकता, सार्वजनिक यातायात र अटोमोबाइलका राष्ट्रिय ÷ अन्र्तराष्ट्रिय विषयमा प्रकाश पारिनेछ ।
आजै रेडियो काठमाडौंका बिजनेश हेड चन्द्रमणी गौतम र एफआईए वर्लड काउन्सिल सदस्य (FIA World Council Member) गोविन्द भट्टराई बिच सो कार्यक्रम सम्बन्धी सम्झौतामा आदान प्रदान गरियो ।
कार्यक्रम रेडियो काठमाडौंका अलावा नासा नेपाल –https://www.facebook.com/nasanepal08 र रेडियो काठमाडौं – https://www.facebook.com/radiokathmandu92.1 का फेसबुक पेज बाट समेत सुन्न सकिनेछ ।