श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
April 24, 2022

श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

यो ललितपुर जिल्लामा कार्यरत मोटरसाइकल मर्मत कार्यमा संलग्न व्यवसायी तथा मेकानिक्सहरुको संगठन हो ।

 

साधारण सभाले रुद्र खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा राज बिक र भक्त माझी, सचिवमा कुमार बजगाई, उपसचिवमा रोहित खड्का, कोषाध्यक्षमा अमर पोदार र सहकोषाध्यक्षमा किसन श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सञ्जय थापा, पदम बखाती, राजन देसार, नवीन मगर, मिताई कुमार दास र मिथलेस श्रेष्ठ चयन भए ।

साधारण सभामा प्रमुख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र अतिथिको रुपमा वर्कशप अभियन्ता माधवप्रसाद पाण्डे, अटो नेपालका संचालक रोशनकुमार श्रेष्ठ, क्यास्ट्रोल लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नमा मार्केटिङ म्यानेजर अमरज्योति रञ्जित र अन्य विभिन्न कम्पनी तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।