नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहु प्रतिक्षित होण्डाको CB 350 RS नेपाली बजारमा सार्वजनिक भएको छ ।
नेपालमा होण्डा CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस बाइकले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।
एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केही विशेषताहरु हुन् ।
नेपाली बजारमा यसको मूल्य रु. ७,७५,००० तोकिएको छ ।