टाटा नेक्सन इभी २५० भन्दा बढी बुकिङ
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
August 3, 2021

१८ साउन, २०७८

टाटाको नेक्सन इभी अहिले अटो बजारको सबैभन्दा आर्कषक विद्युतिय कार बन्न पुगेको छ । यो गाडीको दैनिक बुकिङ ५० वटाको हाराहारीमा रहेको छ । गत बुधवारदेखी बुकिङ शुरु भएको यो गाडी ४ दिनमा थापाथलीको शोरुमबाटै आइतवार २ बजे सम्ममा २५० वटा भन्दा बढी बुकिङ भैसकेको थियो ।
कम्पनीले दिएको जानकारी अनुसार दिनमा ५० जना भन्दा बढी उपभोक्ताले थापाथली शोरुमको भिजिट गरेका छन् । उपभोक्ताले बिहान १० बजेदेखी बेलुका ८ बजेसम्म टेस्ट ड्राइभ गरिरहेका छन् । उपभोक्ताले टेष्ट ड्राइभ गरेपछी निकै आर्कषित भएका छन् । अन्य गाडी हेर्न आएका उपभोक्ताहरु पनि यो गाडीमा आर्कषित भएका छन् ।
सिप्रदीले अहिलेसम्म उपभोक्तालाई गाडी बिक्री गरेको छैन तर विभिन्न स्थानमा फास्ट चार्जिङ नेटवर्कहरु बनाई सकेको छ ।
पश्चिम जाँदा चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्टमा चार्जिङ स्टेसन बनेको छ भने बर्दिवासको तिर जानको लागी मुलकोटको ताज रिभर साइड रिसोर्टमा चार्जिङ स्टेसन बनेको छ । अन्य चार्जिङ स्टेसनहरु पोखरा, भैरहवा, हेटौडा, काठमाण्डौको बागडोल, ढल्केवर र इटहरीमा सिप्रदीकै सर्भिस सेन्टरहरुमा बनेका छन् ।

सिप्रदीले उपभोक्ताको हातमा गाडी पुग्नु अगावै यती धेरै चार्जिङ स्टेसनहरु तयार गरेको छ । भविष्यमा सिप्रदीले १०० देखि १५० किलोमिटरको अन्तरमा चार्जिङ नेटवर्कको विकास गर्ने भएको छ ।
फास्ट चार्जरले एक घण्टामा ८० प्रतिशत चार्ज हुन्छ । घरमा जोड्ने चार्जले १० घण्टामा फुल चार्ज हुन्छ । टाटाले यो इभी एक फुल चार्जमा हाइवेमा चलाउँदा ३१२ किलोमिटरसम्म चल्ने जनाएको छ । तर सिटीमा अवस्था हेरेर प्रति फुलचार्ज २२० किलोमिटरदेखी २७० सम्म चल्ने टेष्ट ड्राइभले प्रमाणित गरेको छ ।

उपभोक्ताहरुले यो नेक्सन इभीको २०५ एमएमको ग्राउण्ड क्लियरेन्स निकै रुचाएका छन् । नेपालमा भित्रिएका अन्य इभीहरुको ग्राउण्ड क्लियरेन्स १७७ एमएमभन्दा बढी छैन । त्यस्तै यसको अहिले नै सबैतिर स्पेयर पार्ट्सहरु उपलब्ध छन् । किनकी नेक्सनको ५० प्रतिशत स्पेयर यो सँग मिल्छ । जुन बजारमा सुपथ मुल्यमा पाइन्छ । त्यस्तै यसको मोटरमा र व्याट्रीमा पनि ८ वर्षको वारेन्टी छ । त्यस्तै यसमा आउने स्पेयर टायर पनि अर्को आर्कषणको विषय बनेको छ । यो इभी नेपालको उपभोक्तालाई सुहाउने छ । त्यस्तै यो इभी घरमै चार्ज गर्दा पनि १० घण्टामा फुल चार्ज हुन्छ । केही इभीहरु घरमा फुल चार्ज गर्न पनि १८ घण्टासम्म लाग्ने कम्पनीको भनाई छ । त्यस्तै यो गाडी उपभोक्ताले स्पोर्टस् मोडमा चलाउँदा यसमा भएको पावर र टर्कबाट पनि उपभोक्ताहरु निकंै उत्साहित भएका छन् ।

सरोज प्याकुरेल, अटो नेपाल