हिरोको विशेष योजना
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
August 2, 2021

हाम्रो व्यवसायिक सहयात्री हिरो मोटोकर्प (विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल र स्कुटरको निर्माता) ले आफनो स्थापनाको १०औं वर्ष पूरा गरेको यस सुःखद घडीमा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ्ग परिवार शुभकामना तथा बधाई व्यक्त गर्दछ ।
हिरो मोटरसाइकल तथा स्कुटर प्रति विश्वास गर्दै नेपालमा सफलतापुर्वक स्थापित गरी दिनुहुने सम्पूर्ण ग्राहक महानुभाव तथा शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
यस उपलक्ष्यमा हाम्रा ग्राहकहरुसँग खुशियाली बाँड्न हामीले विशेष योजना ल्याएका छौं । यस योजना अन्तर्गत हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा रु.५०००/– छुट उपलब्ध गरिएको छ भने सर्भिसिङ्गमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वासिङ्ग फ्रि पाउनेछन् ।
यो योजना यही श्रावण २५ गते (अगस्ट ९)सम्म लागु रहनेछ ।