टेर्रा अटो सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
August 2, 2021

टेर्रा मोटर्स जापानको नेपालका लागि आधिकारिक बिक्रेता फेयर अटो ईन्डस्ट्रीज प्रालिले आफ्नो नयां उत्पादन टेर्रा अटो हालसालै एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ | नेपालमा बढ्दो वायु प्रदुषण, अटो चालकहरुको पेट्रोल अटो प्रतिको बितृष्णा तथा खस्कदै गएको अटो चालकहरुको प्रतिदिन आम्दानीलाई ध्यानमा राखी पेट्रोल अटो भन्दा पनि दमदार, बढी माईलेज दिने, पहाडी भूभाग सुहाउँदो, ७ जनाको सिट क्षमता भएको अत्यन्त आकर्षक इलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ | जापानी कम्पनि टेर्रा मोटर्सको धेरै अध्ययन अनुसन्धान पश्चात नेपाली बजार सुहाउँदो इलेक्ट्रिक तिन-पांग्रे अटो सार्वजनिक गर्न सफल भएको हो | यस अटो हाल नेपालमा उपलब्ध भएका अटोहरु मध्ये अन्यन्त उत्कृस्ट रहेको कम्पनीले जनाएको छ | कमसल गुणस्तरका इलेक्ट्रिक रिक्सा चलाएर वाक्क भएका रिक्सा चालकहरुलाई ध्यानमा राखेर उत्कृष्ट मेटल बडी तथा च्यासिस, भिडियो प्लेयर तथा क्यामेरा, ७ जनाको सिट क्षमता, हाइड्रोलिक ब्रेक, आरामदाई ६ इन्चको गद्दा भएको सिट, १५०० वाटको मोटर तथा १४० एम्पियरका ५ वटा ब्याट्री सहित नेपालभरी बिक्रि गर्ने यसको लक्ष्य रहेको छ |
जापानी प्रबिधिबाट निर्मित दमदार मोटर तथा जस्तो सुकै उकालो पनि पेट्रोल अटो सरह चड्न सक्ने भएकाले यस इलेक्ट्रिक अटोले तराईमा मात्र होइन पहाडमा राम्रो बजार लिनेमा कम्पनि ढुक्क छ | साथै नेपालमा उपलब्ध अटोहरु मध्ये सबैभन्दा आरामदाइ अटो टेर्रा मोटर्सको भएको कम्पनीको दाबी रहेको छ | नेपाली बजारमा यो अटो हाल निलो र रातो रंगमा उपलब्ध हुनेछ, हाल लिड एसिड ब्याट्रीमा उपलब्ध भए पनि, भविस्यमा लिथियम ब्याट्रीमा पनि यो मोडेल उपलब्ध हुने कम्पनीले जनाएको छ | नेपालभरी डिलर संजाल रहेको फेयर अटो प्रालिले यस अटोलाई रु. ४,५०,००० मा बिक्रि गर्ने जनाएको छ |