अनलाईनबाट सवारीको नविकरण शुल्क कसरी तिर्ने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 28, 2021

यातायात कार्यालय एकान्तकुनाका प्रवक्ता लेखनाथ खतिवडाले दिएको जानकारी अनुसार अहिले दुईवटा माध्यमद्धारा अनलाईनबाट कर भुक्तानी गर्न सकिन्छ । एउटा नागरिक एप्समा गएर सवारी कर भन्ने पोर्टल खोलेको खण्डमा सवारीको विवरण भरेर कनेक्ट आइपिएस मार्फत सवारी कर भुक्तानी गर्न सकिन्छ । त्यस्तै बागमती प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयको आफ्नो वेव पोर्टल छ । त्यसमा गएर आफ्नो विवरण रजिष्टर गरेर सवारी कर तिर्न सकिन्छ । पहिलो पटकलाई सेवाग्राहीहरुले आफ्ना विवरण यो एप्समा दर्ता गराइसकेपछि कार्यालय मार्फत एप्रुभ गर्नुपर्छ ।
किनभने करको निर्केवल गाडीको दर्ता मिति, नविकरण वाहाल अवधी, गाडीको सिसी र गाडीको मोडल तथा उत्पादन वर्षको आधारमा गरिन्छ ।
यी सबै विषयको जानकारी हामीले सेवा ग्राही मार्फत नै लिएर एप्रुभ गर्नेे हो । व्यक्तिले प्रविष्टी गरेको विवरणको आधारमा कर निर्णय हुने भएकोले पहिलो पटकलाई सेवा ग्राहीबाट आएको विवरणलाई हाम्रो कर्मचारीले एप्रुभ गर्नुहुन्छ । एकपटक एकप्रुभ गरेरपछि जीवनभर करको लागी र सामान्य दस्तुरको लागी यातायात कार्यालय धाउनु पर्दैन । सिष्टममा सेट भएपछि हरेक वर्ष घरबाटै कर तिर्न सकिन्छ । घरबाट कर तिरेपछि एउटा क्युआर कोड सहितको रिसिप्ट आउँछ । त्यसलाई बिलबुकमा टासेपछि ट्राफिकले क्रस चेक गर्दा पनि फरक पर्दैन । अब ट्राफिकले वा अन्य निकायले चेक जाँच गर्दा क्युआर कोडको अध्ययन गर्ने डिभाइस लिनु पर्ने हुन्छ ।