महिन्द्रा मनसुन सर्भिस क्याम्प
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 28, 2021

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ ।
महिन्द्राका सम्पूर्ण फोर ह्विलर गाडीहरुको ३० प्वाइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको उक्त सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरिएको उक्त सर्भिस क्याम्पमा गाडीको ३० प्वाइन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प नेपालभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिने छ । क्याम्पमा सहभागी भई भरपुर फाइदा लिनका लागि ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्नु पर्नेछ ।