स्कोडा कुशक ५ भेरियन्टमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 20, 2021

नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित एसयूभी स्कोडा कुशकको मूल्य सार्वजनिक गरेको छ ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ ।

Skoda Kushaq


भेरियन्ट मूल्य (नेरु)
एक्टिभ एमटी ४९,९०,०००/-
एम्बिसन एमटी ५३,९०,०००/-
एम्बिसन एटी ५८,९०,०००/-
स्टाइल एमटी ६०,९०,०००/-
स्टाइल एटी ६५,९०,०००​/-
एमएडब्लुले नयाँ स्कोडा कुशकका लागि दुई साताअघि नै बुकिङ खुला गरिसकेको छ ।