ग्रेटवाल मोटर्सका तीन नयाँ मोडेलहरु सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 19, 2021

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी.जी. इम्पेक्स प्रा. लि. ग्रेटवाल मोटर्सका लागि आधिकारिक विक्रेता हो । ग्रेटवाल मोटर्स तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ ।
उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेटवाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् ।
विभिन्न क्षेत्रहरुमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भी.जी. इम्पेक्सले ग्रेटवाल मोटर्ससँग सहकार्य गर्दै अहिले दुईवटा SUV र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनैवटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।

ग्रेटवाल मोटर्सको शोरुम थापाथलीमा अवस्थित छ र निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शोरुमहरुको बृहत संजाल फैलाउने योजना रहेको छ । हालको अवस्थामा सुधार आउनासाथ ग्रेटवाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्ता माझ प्रस्तुत गर्नेछ । यस अतिरिक्त उच्च स्तरीय सर्विस सेन्टरको पनि निकट भविष्यमा निर्माण गरिंदैछ । भी.जी. इम्पेक्सले ग्रेट वाल मोटर्सको द्धक्सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टुमर केयर)) मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्टाण्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ ।

नेपालमा (HAVAL-H6) हवल एच६ को प्रारम्भिक मूल्य रु. ९६,९९,९९९/– भएको र यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अत्लान्तिस ब्लुमा उपलब्ध हुनेछन्, भने हवल जोलियन (HAVAL-JOLION) पाँचवटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध हुनुका साथै प्रारम्भिक मूल्य रु. ५५,४९,९९९/– बजारमा उपलब्ध हुनेछ ।
त्यस्तैं POER पिक–अपको प्रारम्भिक मूल्य रु. ६४,९९,९९९/– तोकिएको छ ।