अपग्रेडेड मोटरहेड एमएच १५० नेपालमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 19, 2021

नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपालमा उपलब्ध भएको छ ।
बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत रहेको छ ।
पहिले यो बाइकको मूल्य २ लाख ८० हजार रुपैयाँ रहेकोमा अब अपग्रेड पश्चात यसको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी युवा पुस्ताको रोजाईमा रहेको मोटरहेडको स्क्र्याम्ब्लर २५० बाइक पनि उपलब्ध भएको छ ।
नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार ३ लाख ७० हजार पर्छ ।

काठमाडौं उपत्यकाको धोवीघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत यी बाइक प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी छ ।
यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ ।
त्यसैगरी सहज फाइनान्सका लागि विभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।