हजुरलाई नमस्ते परोपकारी अभियानको रक्तदान
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 18, 2021

काठमाडौ, वाफलका समाजसेवी ताराबहादुर कुँवरले चलाएको रक्तदान अभियानलाई हजुरलाई नमस्ते परोपकारी अभियानको नेतृत्वमा लाइन्स क्लव अफ काठमाडौं धौलागिरी, रोटरी क्लव अफ त्रिपुरेश्वर, लाइन्स क्लव अफ काठमाडौ सोसियल फ्रेन्डले पनि सहकार्य गरेका थिए ।

५० पाउण्ड रगत संकलन गर्ने लक्ष्य लिएका उनको अभियानमा झण्डै ७० जना रक्तदानको लागि तयार भए पनि २६ पाउण्ड रगतमात्र संकलन भएको थियो । ‘रक्तदान गर्न त धेरै मानिस आएका थिए तर कसैको के मिलेन, कसैले दिन मिलेन सोचेभन्दा कम भयो’ उनले भने ‘हाम्रो अभियानमा देखिएको उत्साहचाहिँ गजव लाग्छ, सामाजिक अभियान भएकाले कसैले पनि सहयोग गर्दिन भन्दैनन् ।’

‘म कोरोना संक्रमित भएँ, केही समय घरमै बसे, अलिकति ठिक भएपछि मन मानेन र फेरि सक्रिय भएँ’ उनले भने ‘समाजसेवाबाट नै मनमा शान्ति मिल्ने भएकाले निरन्तर लागिरहेको छु ।’ उनले गत वर्षदेखि भएको लकडाउनबाट नै रक्तदान गर्दै र गराउँदै आएका छन् । उनले कोरोना संक्रमितलाई अक्सिजनको अभाव हुँदा विभिन्न ठाउँमा लुकाएर राखिएका अक्सिजन सिलिण्डर पनि खोजेर बिरामीलाई र अस्पताललाई दिएका थिए ।