लायन्स क्लबको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 18, 2021

लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र भक्तपुर इन्टरनेशनल हस्पिटलको संयुक्त आयोजनामा शनिबार सूर्यबिनायक-३ बालकोटमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा लायन्स क्लबको विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त स्वास्थ्य शिविरमा लायन्स क्लब अफ एभरेष्ट सेन्टेनेयल र सोसाइटी फर इच अदरको समेत सहयोग रहेको थियो भने हेल्थ क्याम्पबाट स्थानीयबासीहरु लाभान्वित भएको युनाइटेड सेन्ट्रलका अध्यक्ष रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भक्तपुर इन्टरनेशनल हस्पिटलको करिब २५ जना डाक्टरहरुको समुहले त्यस भेगका बासिन्दाहरुको चेकअप गर्नुका साथै औंषधी समेत वितरण गरिएको
र यो स्वास्थ्य शिविर भक्तपुरमा दोस्रो भएको भक्तपुर इन्टरनेशनल हस्पिटलको संयोजक डा. आर.के. श्रेष्ठले बताउनुभयो ।