मेगा एक्सचेन्ज क्याम्प शुरु
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 16, 2021

निशान र ड्याट्सनको आधिकारिक डिलर मेगा मोटर्सले विगनिङ अफ द इयर एक्सचेन्ज क्याम्प अफर सार्वजनिक गरेको छ ।
कलंकी, महाराजगंज र बालकुमारी ३ वटै सोरुममा अफर लागु हुनेछन् । साउन १ गतेबाट शुरु हुने अफर ३ गतेसम्म रहनेछ ।

४ लाख रुपैयाँसम्म नगद छुट, ड्याटसनका गाडीमा १ वर्षको निःशुल्क बीमा, ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, आर्थिक वर्ष २०७८र२०७९को लागि सडक कर छुट, स्पट फाइनान्सिङ एण्ड भ्यालुएसनको सुविधा रहेको प्रवन्ध निर्देशक महेश पालले जानकारी दिए ।
बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निशान म्यागनाइट गाडीमा ग्राहकको आकर्षण बढिरहेको बताइएको छ । ‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निशान म्यागनाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू छन् । यी सुविधाहरुका कारण उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निशानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ । म्यागनाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ । पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।

उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले अटो बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्न सफल भएको कम्पनीले बताएको छ ।