अटो लोन  ६.८३ प्रतिशतमै
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 14, 2021

पछिल्लो समयमा सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्ने करको दर घटाएकाले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकहरु बढिरहेका छन् । एनएमबि बैंकले विद्युतीय सवारी कर्जा (अटो लोन) उपलब्ध गराएको छ । यस अन्तर्गत ६.८३ प्रतिशत बेस रेटमा सो कर्जा उपलब्ध हुनेछ ।
यसका साथै बैंकले एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशत सम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको छ ।

आवश्यक कागजात पु¥याएको अवस्थामा २४ घण्टामै अटो लोन पास हुने बैंकले जानकारी दिएको छ । हाल विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरु बढिरहेको समयमा बैंकले उक्त अटो लोन सार्वजनिक गरेको हो ।

विद्युतीय सवारी साधन किन्नका लागि बैंकहरुले ८० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउन सक्ने व्यवस्था छ ।