प्योर इभीको नयाँ शोरुम टेकुमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005...…)
July 7, 2021

नेपालमा व्हाइट लोटसले ल्याएको भारतको विद्युतीय स्कुटर प्योर इभीको नयाँ शोरुम टेकुमा नेपाल रोमिङ बर्ड प्राली खुलेको छ । यस शोरुमबाट ई-प्लुटो र नियो इन्ट्रान्स दुबैं स्कुटरको बिक्री हुने गर्दछ ।
प्योर ईभीको ई-प्लुटोमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई-प्लुटोको उच्च गति ६० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी नियो इन्ट्रान्स पनि ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहेको छ । ईभीको प्योर स्कुटर बिशेषता र पर्फमेंन्स पेट्रोल स्कुटरको १२५ सिसी बराबर रहेको छ ।
यस स्कुटरमा १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सन पाउन सकिन्छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ ।
त्यसो त हाल सो कम्पनीले बजारमा ल्याएको इ-प्लेटो र नियो इन्ट्रान्सको ब्याट्रीमा ३ वर्षको वारेन्टी नै छ । उनका अनुसार सामान्यतया यी ब्यत्रिले ६/७ वर्ष काम गर्छन् ।
कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा इलेक्ट्रिक स्कुटर खरिदमा सबैलाई १५ हजारको नगद छुटको सुविधा असार महिनाभर रहेको व्हाइट लोटसका सञ्चालक अशोक खड्गीले बताएका छन् ।