निसान लिफ नेपालमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
July 7, 2021

विश्वमै लोकप्रिय मानिने निसानको इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध हुने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले गत वर्ष नै निसान लिफ नेपाली बजारमा ल्याउने तयारी गरेको भए तापनि बजेटमार्फत अन्तःशुल्क र भन्सार शुल्कमा गरिएको भारी वृद्धिका कारण यसको आयात रोकिएको थियो । पछि बीचमा केही पुनरावलोकन हुँदा समेत पायोनियर मोटोकर्पले लिफलाई नेपाली बजारमा ल्याउने घोषणा गरिसकेको थियो । तर निषेधाज्ञाका कारण रोकिएको थियो ।
हालै बजेटमा गरिएको नयाँ व्यवस्थाका कारण अन्तःशुल्क खारेज गरिनुका साथै भन्सार शुल्कमा समेत समायोजन गरिएको छ । यसले गर्दा अटोमोबाइल व्यवसायीहरु नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्र्याउन हौसिएका छन् ।
निसान लिफ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार पनि मानिन्छ ।
अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ।