टाटा नेक्सन इभीको बुकिङ खुल्दैं
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
June 24, 2021

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ एक सातापछि खुलाउने भएको छ । अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित सो एसयूभी मुख्यतः वायु प्रदूषणरहित सो विद्युतीय गाडीको वनावट मनमोहक छ भने यसलाई छरितो ढंगले द्रुत गतिमा हाँक्न सकिने, लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने र ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

अत्याधुनिक प्रविधि जडान
इम्प्याक्ट डिजाइन २.० अवधारणा अन्तर्गत तयार पारिएको सो गाडीको वनावट अरु भन्दा विल्कुल भिन्न र आकर्षक देखिन्छ । गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनि व्यवस्थापनको लागि बिशेष व्यवस्था पनि रहेको छ । यस्तो व्यवस्थाले यात्रालाई आनन्ददायक र शान्त बनाउन सहयोग गर्दछ । सात इन्चको हर्मन इन्फोटेंन्मेंट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ ।
एक पटक चार्ज गरेपछि यो गाडीले ३०० किलोमिटर दुरी तय गर्ने सक्नेछ । यदी डीसी चार्जर प्रयोग गरियो भने नेक्सन इभी को ८० प्रतिशत ब्याट्री क्षमता ६० मिनेटमै प्राप्त गर्न सकिन्छ ।

बिशिष्ट जिप्पी प्रविधिले सम्पन्न नेक्सनको कार्यक्षमता उत्कृष्ट रहेको पाइन्छ । ३०.२ किलोवाट आवर उच्च क्षमताको लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको छ । यस कारणले नेक्सन इभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्दछ । ड्राइभ र स्पोर्ट्स गरी दुई ड्राइभ मोड भएको यो गाडी ट्राफिक जामको अवस्था मात्र नभई उकालो बाटोहरुमा पनि अत्यन्त उपयुक्त भएको पाइन्छ ।

दशलाख किलोमिटरको परिक्षण
नेक्सन इभी ग्लोबल एनक्याप रेटिङ अनुसार यस गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसको परिक्षण दशलाख किलोमिटरको लामो एवं भूगोल र मौसमको दृष्टिले अति चुनौतीपूर्ण बाटोहरुमा सफलतापुर्वक भइसकेको कम्पनीले बताएको छ ।