किया सोनेट बजारमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
June 19, 2021

कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनेट डिजेल इन्जिनयुक्त ३ भेरिएन्टमा र पेट्रोल इन्जिनयुक्त एउटा भेरिएन्टमा उपलब्ध गराएको छ । १.५ लिटर डिजेल इन्जिनमा एचटीएक्सको मूल्य ४७ लाख ९० हजार, एचटीएक्स प्लस अटोमेटिकको मूल्य ४९ लाख ९० हजार र जीटीएक्स प्लसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ ।

किया सोनेटमा एलईडी हेडलाइटका साथ एलईडी डीआरएल छ, जुन साइड इन्डिकेटरसँग इन्टिग्रेटेड छ । एलईडी हेडलाइटलाई कियाले क्राउज ज्वेल भन्ने गरेको छ । यसमा टर्बो आकारको फ्रन्ट सिक्ड प्लेट समेत छ । यसमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सेन्सर, अटो हेडलाइट, ब्रेक असिष्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता आधुनिक फिचर उपलब्ध हुनेछन् ।

सो कम्प्याक्ट एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम उपलब्ध छ । त्यसैगरी यसमा बोसको ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट छन् । सो कारलाई स्मार्टवाचसँग कनेक्ट गर्न पनि सकिन्छ । यसको ड्यासबोर्ड धेरै हद सम्म किया सेल्टोस जस्तै छ, जसमा युभिओ कनेक्टिभिटीको विकल्प उपलब्ध हुनेछ ।

नेपालमा किया सोनेटको दसैं अगाडि नै बुकिङ खोलेको भए पनि हालै मात्र सो कार बजारमा उपलब्ध भएको हो ।