हाइब्रिड कार ३ लाख ९८ हजारमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
June 18, 2021

चीनको प्रसिद्ध हेनान डेरी इलेक्ट्रिक गाडी निर्माता कम्पनीले विश्वका विभिन्न देशमा यो कम्पनीका इलेक्ट्रिक तथा सोलार गाडी प्रयोगमा आएका छन् ।
अटोहोस्ट प्रालिले बिक्री गरिरहेको डेरी ईएम७ इलेक्ट्रिक र सोलार दुवैबाट चलाउन सकिने हाइब्रिड कार हो ।
यसको मूल्य हाल १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । विद्युतीय गाडीलाई ८० प्रतिशत सम्म बैंकहरुले फाइनान्स गर्न सक्ने सुविधा उपलब्ध भएकाले ग्राहकले शुरुमा ३ लाख ९८ हजार रुपैयाँ मात्र डाउन पेमेन्ट गरेर यो कार लिन सक्छन् । हाल ५० हजार रुपैयाँ तिरेर यो कार बुकिङ गर्न सकिन्छ ।
७ वर्ष सम्मको फाइनान्स सुविधा उपलब्ध हुने भएकाले डेरी ईएम७ कारलाई प्रतिमहिना २५ हजार ६१४ रुपैयाँ किस्ता बुझाउनु पर्छ । ५ जना यात्रु बस्न मिल्ने यो कारको माथिल्लो भागमा ठूलो सोलार रुफ छ । यसमा भएको १७ किलोवाट आवरको ब्याट्री र १५ किलोवाटको मोटरको साथमा आवश्यकता अनुसार सोलारमार्फत समेत चार्ज हुन्छ ।

सिंगल चार्जमा डेरी ईएम७ ले २६० किलोमिटरको रेन्ज दिन्छ । यद्यपि सोलार समेत भएकाले यसको माइलेज अझै बढ्न सक्छ । गाडीमा पावर विन्डो, हिल असिस्ट, रियर भ्यु क्यामेरा, सेन्ट्रल लक, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।