होन्डाको सीबी-३५० बुकिङ गर्नेका लागि ५० हजार छुट
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
June 9, 2021

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतिक्षित होन्डाको सीबी-३५० डीएलएक्स सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यो बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

होन्डा सीबी-३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङहरुमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केही विशेषताहरु हुन् । नेपाली बजारमा यस सीबी-३५० डीएलएक्सको मूल्य सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
यद्यपि निषेधाज्ञाको अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकका लागि ५० हजार रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीको भनाइ छ । नजिकको होन्डा सोरुम वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिने छ । बुकिङका लागि २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।