एमजी जेडएसको नयाँ मूल्य सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since - 2005
June 1, 2021

नेपाली बजारमा एमजी ब्रान्डका गाडी बिक्री–वितरण गरिरहेको पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गाडी एमजी जेडएसको नयाँ मूल्य सार्वजनिक गरेको छ । नयाँ मूल्य सूची अनुसार एमजी ईजेडएसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ हुनेछ ।

केही दिन पहिले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अन्तःशुल्कमा पुरै छुट र भन्सार दरमा व्यापक कतौती गरिए पश्चात अटोमोबाइल कम्पनीहरुले धमाधम नयाँ मूल्य सूची सार्वजनिक गर्न थालेका हुन् ।

पहिले १५० वाट सम्मको मोटर भएको इलेक्ट्रिक कारमा १० प्रतिशत भन्सार शुल्क भएकोमा हाल १५ प्रतिशत तोकिएको छ । यसले गर्दा गत वर्ष सार्वजनिक गरिएको बजेट भन्दा थप १ लाख रुपैयाँ महंगो पर्न गएको कम्पनीको भनाइ छ ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयोन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस ईभीलाई एक पटक चार्ज गरेपछि ४२ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।