प्योर इभीको नयाँ स्कुटर इन्ट्रान्स नियो
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
May 8, 2021

ह्वाइट लोटस कम्पनीले प्योर इभीको नयाँ मोडल इन्ट्रान्स नियो ल्याएको छ । कम्पनीले यो स्कुटर अप्रिलको पहिलो हप्ता लन्च गरेको हो । यो स्कुटरको लुक्स आधुनिक छ । पहिलाको मोडल भेस्पा जस्तो देखिन्थ्यो भने अहिलेको मोडल एन्टर्क र डियो जस्तो देखिन्छ ।

यो कम्प्याक्ट देखिन्छ तथापी यसको पिकअप अन्यको जस्तै राम्रो छ । यो इन्ट्रान्स सेरिजको स्कुटर हो । यसमा २२०० वाटको मोटर छ भने, यो ४ घण्टामा फुल चार्ज हुन्छ । प्रति फुल चार्ज यो स्कुटर १२० किलोमिटरसम्म चल्ने कम्पनीको दावी छ । यसमा लिथियम आयन रिमोभेल व्याट्रि राखिएको छ । यसमा स्टार्टकी बाटै डिकी खोल्न मिल्छ ।
Picture: Saurav Maharjan@AUTO-NEPAL