१५ वर्ष पहिले डिजाइन गर्न मद्दत गरेको हुनाले प्रिन्स फिलिपको अन्तिम संस्कार यात्रा ल्यान्ड रोभर डिफेन्डर ड्यूक अफ एडिनबर्गमा हुने छ । ल्यान्ड रोभर डिफेन्डर ड्यूक अफ एडिनबर्ग वर्ष २०१६ मा महलमा डेलीभरी गरिएको थियो । यही गाडीमा १७ अप्रैलमा ब्रिटेनका शाही परिवारको दिवंगत सदस्यको पार्थिव शरिर लगिनेछ ।
बिटेनकी महारानी एलिजाबेथ द्धितीयको पति प्रिन्स फिलिपका ९९ सालको उमेरमा गत शुक्रबार मृत्यु भएको थियो । उनको अन्तिम संस्कार १७ अप्रिल लन्डनको विन्देश्वर क्यासलमा गरिने बकिगंम प्यालेसले जनाएको छ ।
बेलायतको मिडिया रिपोट अनुसार प्रिन्स फिलिपले ल्यान्ड रोभर डिफेन्डर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले आफ्नो अन्तिम संस्कारमा यो गाडी प्रयोग चाहेका थिए । यो गाडी एक मोडीफाइड डिफन्डर १३० गन बस हो । जुन २००५ मा प्रिन्सले प्रयोग गर्नको लागि बनाइएको थियो ।