सम्बन्धीत समाचार
बगंलादेशको मोटरसाइकल ब्रान्ड रनर मोटरसाइकलले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर ल्याएको छ ।
कोभिड १९ को क्रासपछि समान्य हुँदै आएको नेपाली अटो बजारलाई विस्तार गर्न नेपालका आधिकारिक विक्रेता रमण मोटर्सले विशेष छुटको व्यवस्था गरेको छ ।
प्रत्येक रनर मोटरसाइकल खरिदमा ग्राहकले सिधै २१ हजार रुपैँया छुट पाउने कम्पनीले जनाएको छ ।
पुराना मोटर साइकल एक्सचेन्ज गर्दा २० हजार न्युनतम मूल्यांकन गरिने जनाइएको छ । हाल रमण मोटर्सले १ लाख १० हजार रुपैयाँ मूल्यका ८० सीसी देखि २ सय सीसी सम्मका बाइक विक्री गर्दै आएको छ ।