सम्बन्धीत समाचार
साझा यातायात प्रालीले ४० विद्युतीय बस किन्नको लागि बोलपत्र आह्वान गरेको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि बोलपत्र आह््वान गरिएको हो ।
काठमाडौं उपत्यकामा चल्ने गरी पहिलो चरणमा ४० विद्युतीय बस किन्न लागेको साझा यातायातका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।
सूचना अनुसार बस खरिदमा सहभागी हुन चाहने कम्पनीले न्यूनतम धरौटी रकम २ करोड १० लाख रुपैयाँ राख्नुपर्नेछ । इच्छुक कम्पनीहरुले साझा यातायातको कार्यालयमा २० हजार रुपैयाँ फिर्ता नपाउने गरी बुझाउनुपर्नेछ । आगामी वैशाख २६ गतेसम्म इच्छुक कम्पनीले बस खरिदको प्रस्ताव हाल्न पाउनेछन् ।