फुटपाथ अवरोध गर्ने संरचना महानगरले भत्कायो

काठमाडौं महानगरले अनामनगरस्थित हनुमानथान क्षेत्रको फुटपाथमा अवरोध गरिरहेका संरचना भत्काएको छ । डोजरसहित पुगेको महानगर प्रहरी टोलीले उक्त भवन सोमबार भत्काएको हो ।

सडक अवरोध गरेको र जोखिमपूर्ण अवस्थामा रहेको उक्त भवन भत्काइएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार यसअघि माहनागरले १७ वटा प्रहरी बिट भत्काइसकेको छ । सडक र फुटपाथ अवरोध गरेर बनेका व्यक्ति र सार्वजनिक संरचना भत्काउने अभियानलाई महानगरले तीव्रता दिएको छ ।

‘अनामनगर क्षेत्रको उक्त भवनले सडक अवरोध गरेको थियो, त्यो भवन पुरानो र जोखिमपूर्ण अवस्थामा रहेपछि हामीले त्यसलाई भत्काएका हौँ,’ उनले भने, ‘सो ठाउँमा सडक व्यवस्थित बनाउँछौँ ।’

गत साउन ०७९ यता महानगरभित्रका सार्वजिनक जग्गा, सडकपेटी र मुख्य सडकमा अवरोध गर्ने गरी अवैध रूपमा बनेका एक हजार पाँच सयभन्दा बढी संरचना महानगरले भत्काइसकेको छ ।

हाल महानगरले फुटपाथ पार्किङमा पनि कडाइ गरेको छ भने बिजुलीका तार व्यवस्थित गर्ने कार्य पनि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *