किया गाडीको भैरहवाका लागि आधिकारिक वितरक सांग्रिला ट्रेड कन्सर्नले सो कार बिक्री-वितरण प्रारम्भ गरेको हो ।
विद्युतीय भएकाले कियाको सो कार वातावरणमैत्री छ । एक पटक ब्याट्री चार्ज गर्दा २ सय १५ किलोमिटर सम्म यात्रा गर्न सकिने बताइएको छ ।
किया सोल ईभी काठमाडौमा, पोखरा, नारायणघाटको अपार सफलता पछी अब भैरहवामा पनि बिक्रीवितरण शुभारम्भ गरियो। Test Ride कार्यक्रममा उद्योग ब्यापार संगठनका अध्यक्ष श्री Narayan Prasad Bhandari ज्यू तथा संगठनका सम्पूर्ण पदाधिकारी ज्यूहरुको विशेष उपस्थिति रहेको छ।
ब्याट्री रिचार्ज गर्नका लागि भैरहवाको बुद्धचोकमा समेत स्टेसन राखिने बताइएको छ । हाल चितवनको नारायणगढ र कुरिनटारका साथै काठमाडौंका तीन स्थान र बुटवल तथा पोखरामा समेत चार्जिङ स्टेसन रहेका छन् ।
किया सोल ईभीको मूल्य ५८ लाख रुपैयाँ रहेको छ । यसमा ६ वटा एयरब्याग, छतमा रुफटप स्लाइडर, उत्कृष्ट साउन्ड सिष्टम, ब्लुटुट सहितको स्मार्ट टेक्नोलोजी सहितको क्याविन रहेको छ ।
यसको बिक्री पछिको सेवाका लागि भैरहवामा सर्भिस सेन्टर समेत सञ्चालनमा रहेको सांग्रिला ट्रेड कन्सर्नका अध्यक्ष विनोद खरेलले बताए ।
Email: info@eautonepal.com