बंगलादेशी मोटरसाइकल कम्पनी रनर मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता रमन मोटर्सले नयाँ मोडल हक २०० सार्वजनिक गरेको छ । नेपाली ग्राहकहरुको उच्च सिसि बाइकको मागलाई मध्यनजर गरी कम्पनीले १५० देखि २५० सिसि सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, क्याफे रेसर, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज बाइकहरु उपलब्ध गराएको हो ।
हक २००
रनरले अफरोड विशेष बाईकको रुपमा हक २०० लाई नेपाली बजारमा उतारेको छ । यो बाईक नेपाली सडक सुहाउदो रहेको कम्पनीको भनाई छ । अफरोड विशेष हक २०० ले १४.०२ बीएचपी पावर र ५५०० आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । यसमा कम्पनीले चलाउन सहजतका लागि सीजी ब्यालेन्सर उपलब्ध गराएको छ । त्यसैगरी सुरक्षाका लागि दुवै पांग्रामा फराकिलो डिस्क ब्रेक रहेका छन् । ४ स्ट्रोक सिजी ब्यालेन्सयुक्त पेट्रोल इन्जिन प्रयोग गरिएको हक २००, एयर कुल्ड ७ लिटर फ्यूल क्यापासिटीयुक्त बाइक हो ।
यसको मूल्य ३ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।
Email: info@eautonepal.com