आज भन्दा चालिस वर्ष अगाडी रेकर्ड भएको पोहोर साल खुसि फाट्दा जतन गरि मनले टाले बोलको हिट गीत देखि अहिले चलिरहेको चलचित्र छक्का पञ्जा ३ को फनफनि धुम्याको कम्बरमा औठी बैना मारे मैले पैलो नंबरमा सम्म हिट गीतकार हुन् राजेन्द्र थापा । आर्मिका जर्नेल भएर रिटायर भएका राजेन्द्र थापाले २०२६ साल देखि २०७५ साल सम्ममा धैरे हिट गीत दिएका छन् भने उनि लामो समय सम्म निरन्तर गीत लेख्ने गीतकार पनि बनेका छन् । क्या दामि भो, दर्शन नमस्ते, गाला रातै, याद गर्न पनि त, छिपक छिपक छिपक केके, मेरो खुकुरीको नौलो कथा, दिलमाया दिलमाया, पर लैजाउ फुलहरु, जस्तै तिमिलाई रहर लगायतका धेरै गीत उनको रचनामा हिट भै सकेका छन् । आर्मिबाट रिटायर भएपछि गीत संगीत र सांगीतिक कार्यक्रमा व्यस्त हुने गीतकार राजेन्द्र थापाको विचारमा गाडीलाई अहिलेको समयमा विलासिताको साधन भन्नु केबल मुर्खता मात्रै हो ।
धेरै सरकारी गाडी र आधा दर्जन आफ्नै गाडी चढीसकेका राजेन्द्र थापा अहिले सितिमित आफु गाडी चलाउदैनन् । तर २०७५ सालको मंसिर ९ गते आईतबार उनि किया पिकान्टो गाडी आफै चलाएर हिडिरहेका थिए । उनका ड्राइभर औषधि लिन गएका कारण उनि आफै गाडी चलाएर संगीतकार दिपक शर्मा र अन्य एक व्यक्तीलाई भेट्न हिडेका थिए ।
गीतकार राजेन्द्र थापाले गाडी चलाउन लेभनानमा सिकेका थिए । उनि आर्मिको जागीर खाँदा सरकारी गाडी चढ्थ्थे तर विदाका दिन र व्यक्तिगत कामको लागी भने उनले आफ्नै गाडीको मात्रै प्रयोग गर्थे । त्यसैले उनले अहिले पिकान्टो भन्दा अगाडी स्यान्ट्रो, आईटेन गाडी चढे भने त्यो भन्दा पनि अगाडी दुईओटा इन्डियन गाडी चढे । सरकारी जागीरमा मेजर देखि जर्नेल सम्म हुदा धेरै गाडी चढे ति गाडी सधै ड्राइभरले चलाउथे ।
उनले अहिले चढेको कियाको गाडी निकै राम्रो छ । तर स्पेयर पार्ट्स भने निकै मंहगो तथा भनेको बेलामा नपाउने उनको गुनासो छ । उनले केहि समय अगाडी पाटर््स नेपालमा नपाएर दुबइबाट मगाए । २० हजार पर्ने सामानको मुल्य त्याँहाबाट मगाउदा ७० हजार प¥यो ।
राजेन्द्र थापाले उ बेला टन्न पैसा कमाएर थुपारेका छैनन् त्यसैले सबै गाडी किन्दा सुरुमा बैंकबाट नै झिकेका छन् । पिकान्टोको किस्ता भने तिरी सकेका छन् । किस्तामा गाडी किन्दा बैंकले व्याज बढेको खण्डमा बढाउदै लाने तर घटेको खण्डमा भने नघटाउने गरेको उनको गुनासो छ । उनि पैसा नलि कन गीत लेख्दैनन् । तर गीत लेखेर उनले खासै पैसा भने कमाएका छैनन् । कति संगीतकारले पैसा दिन्छु भनेर दिदैनन् भने कति संगीतकार पैसा दिनु पर्छ भनेर आफै गीत लेख्छन् । उनको बुजाइमा त्यस्ता संगीतकार विस्तारै पतन भएर जान्छन् ।
राजेन्द्र थापा मेल्ट्री साइन्सको अध्ययनको सिलसिलामा अमेरिका र रस्सिया पनि बसे । उनले त्याँहा पनि गाडी चलाए । त्यो संझेर नेपालमा गाडी चलाउदा उनलाई निकै पिडाको अनुभुति हुन्छ ।
उनको अनुभवमा नेपालका धेरै ट्राफिकले पैसाको लागी मात्रै ट्राफिक नियमको कुरा गर्छन् । कसैले कुनै गल्ति ग¥यो भने आफुलाई श्री ३ माहाराज संजिन्छन् । नेपालका सडक फराकिला र चिल्ला बन्न निकै समय लाग्छ । किनकी अहिले सम्म सडक विभागमा सिस्टम, अनुगमन र पिच सडकको संरक्षणको लागी कुनै पनि काम नै भएको छैन् ।