टीभीएसले बंगलादेशमा उच्च पर्फमेन्स, 113 kmph टप स्पीडयुक्त नयाँ एपाचे आरटीआर 160 4V बाइक सार्वजनिक गरेको छ । बाइक कम्पनीको पेटेंट डबल क्रेडल स्प्लीट सिन्चारो स्टीफ फ्रेम डिजाइनमा निर्माण गरिएको छ । गएको सोमबार उक्त बाइक बंगलादेशमा सार्वजनिक गरिएको हो ।
टीभीएस एपाचे आरटीआर 160 4V मा पावरफुल 160cc इन्जिन प्रयोग गरिएको छ भने यसले प्रतिघण्टा ११३ किलोमिटरको गती प्रदान गर्दछ । कम्पनीले सार्वजनिक कार्यक्रममा टीभीएस आरटीआर 160 4V बंगलादेशको मुख्य ब्रान्ड बन्नेमा कुनै सन्देह नरहेको बताएको थियो ।
सुपर पर्फमेन्स, डाइनामिक रेसिङ लुक्सको आधारमा भिन्न डबल डिस्क अवधारणामा निर्माण गरिएको यो बाइक सुरक्षाको हिसाबले पनि अनुकूल रहेको सार्वजनिक कार्यक्रममा बोल्दै अन्र्तराष्ट्रीय ब्यापार मामिलाका बरिष्ठ उपाध्यक्ष आर दिलीपले मिडियालाई जानकारी गराएका थिए । बाइकमा प्रयोग गरिएको पेटेंट डबल क्रेडल स्प्लीट सिन्चारो स्टीफ फ्रेमले उच्च गतीलाई स्थीरता प्रदान गर्न र अन अफ ट्र्याकमा ल्याउन मद्दत गर्दछ ।