सम्बन्धीत समाचार
आगामी सन् २०२० को मध्यतिर यामाहाले टेनर ७०० नामक बाइकलाई बजारमा उतार्ने घोषणा गरेको छ ।
इटालीको मिलानमा प्रारम्भ भएको मोटरसाइकल शो ‘ईआईसीएमए’ को पूर्व सन्ध्यामा यामाहाले सो घोषणाका साथ बाइक सार्वजनिक गरेको छ । सो बाइकमा ६८९ सीसी, फोर स्ट्रोक प्यारालल ट्विन इन्जिन हुनेछ, जसलाई यामाहाको ‘लाइट वेट, गो एनिह्वेयर, एड्भेन्चर टुरिङ मोटरसाइकल’ को रुपमा लिइने छ ।
बाइकको फ्रन्ट काउल र विन्डस्क्रिनलाई हावा र पानीबाट बचाउन सकिने गरि मिलाइएको छ ।
यसका लागि बाइकमा डबल–क्रेडल ट्युबुलर स्टिल फ्रेमको प्रयोग गरिने छ । यसमा ६२ इन्चको ह्विलबेस र १० इन्च जतिको ग्राउन्ड क्लियरेन्स हुनेछ ।
यसमा ४३ एमएमको अपसाइड डाउन फोर्क र ¥याली स्टाइलको लिंक टाइप सस्पेन्सन तथा रिमोट एड्जस्टेबल सक, लाइटवेट स्विङआर्म तथा एबीएस सिष्टम आदि छ ।