होन्डा सीबीआर ६०० आरआर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 18, 2020

नेपालका लागि होन्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सीबीआर ६०० आरआरलाई बजारमा भित्र्याएको छ ।
स्पोर्ट्स बाइकिङका लागि उपयुक्त भए पनि यो बाइकको लुक्स र फिचरले सबैलाई आकर्षित गर्ने अपेक्षा कम्पनीको छ ।
होन्डा सीबीआर ६०० आरआर ४ सिलिन्डर लिक्विडकुल इन्जिन रहेको सीबीआर ६०० आरआरमा ५९९ सीसीको इन्जिन रहेको छ । ६६ एनएम टर्क र १२० एचपी पावर भएको सो बाइकलाई ० देखि १०० किभी प्रतिघन्टा पुग्नलाई मात्र ३.१ सेकेन्ड लाग्छ ।