होन्डाको वृहत एक्स्चेन्ज अफर सुरु
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 23, 2021

नेपालमा होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ प्रालिले बजार विस्तारको लागि वृहत एक्स्चेन्ज अफर ल्याएको छ । विगत एक वर्षदेखि निकै कमजोर व्यापार गरिरहेको कम्पनीले ग्राहकको तान्न वृहत एक्स्चेन्ज अफर ल्याएको हो ।

कोभिड १९ को संक्रमणले होन्डाका दुई पाङ्ग्रे सवारी साधनमा भारी संख्यामा गिरावत आएको छ । जसलाई सुधार्न कम्पनीले विधिन्न योजना ल्याएको छ । २०२१ मा नयाँ उत्पादन पनि आएको छ । बाइकका नयाँ फिचर तथा एक्स्चेन्ज लगायतका अफरले बजारमा पहिलेको स्थान हासिल गर्न सजिलो हुुने कम्पनीले जनाएको छ ।

स्याकार ट्रेडिङले बोनस एक्स्चेन्ज अफर र नगद छुटको स्कीम संचालन गरेको छ । होन्डाले कोभिड १९ को संक्रमणपछि एक पटक सामान्य मूल्य वृद्धि गरेको गरेपनि अन्य कम्पनीहरुले दुईदेखि ६ पटकसम्म मूल्य वृद्धि गरिसकेका छन् ।

चैत ८ गतेदेखि १० गतेसम्म होन्डाले एक्स्चेन्ज अफर उपत्यकाका महाराजगञ्ज, टेकु, एकान्तकुना, ज्ञानेश्वर र उपत्यका बाहिर धादिङमा एक्स्चेन्ज अफर संचालन गरिसकेको छ ।

चैत ११ देखि १३ गतेसम्म बनेपा, सतुङ्गल, गठ्ठाघर, पुतलीसडक र मन्थली शोरुममा एक्स्चेन्ज मेला लाग्ने छ । कम्पनीले चैत १६ गतेदेखि १८ गतेसम्म बालाजु, नयाँबानेश्वर, कुमारीपाटी, बत्तीसपुतली र त्रिशुलीमा रहेको शोरुममा एक्स्चेन्ज गर्ने जनाएको छ ।

एक्स्चेन्जको अन्तिम खण्ड चैत १९, २० र २२ गते संचालन हुने छ । जसमा कलंकी, जोरपाटी, कुपन्डोल, भक्तपुर र कान्तिपथ शोरुममा गएर ग्राहकले आफ्नो पुराना मोटरसाइकलसँग होन्डाका नयाँ मोटरसाइकल एक्स्चेन्ज गर्न सक्ने छन् ।