होन्डाको पहिलो पटक भित्रिएको बाइक
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
April 4, 2020

गत शुक्रबार ज्योति ग्रुपका डाइरेक्टर सौरभ ज्योतिले होन्डा बाइकलाई काठमा बोकेर ढुवानी गरिरहेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरे । होन्डाले नेपालमा बिक्री प्रारम्भ गरेको ५०औं वर्षगाँठ मनाउदै गर्दा करिव दुई वर्ष पहिले यस्तै दुश्यको भिडियो सार्वजनिक गरेको थियो । उनले सो कार्यको पुनः स्मरण गरेका हुन् । नेपालमा पहिलो पटक होन्डाको बाइक भित्रिएको प्रतिनिधि चित्र यसमा देखाउन खोजिएको छ । यद्यपि त्यो समयमा यसरी बोकेर बाइक भित्र्याइएको भने थिएन ।

यसमा नेपालमा भित्रिएको होन्डाको पहिलो बाइक देखाइएको छ । होन्डाले नेपालमै पहिलो पटक सीटी ९० नामक ८९ सीसीको फोर स्ट्रोक एयरकुल्ड बाइक भित्र्याएको थियो । नेपालको इतिहासमा यो बाइकको निकै महत्व छ ।
नेपालमा ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होन्डा बाइक तथा कार आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।

(Photo: Facebook Picture)