होन्डाका २ नयाँ बाइक सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 31, 2021

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले २०२१ सीबीआर ६५० आर र सीबी ६५० आर नियो स्पोर्ट्स क्याफे नयाँ बाइक सार्वजनिक गरेको छ । दुबै नयाँ बाइक सीकेडीको माध्यमले भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ । नियो स्पोर्ट्स क्याफेबाट प्रेरित २०२१ सीबी ६५० आर भारतमा पहिलो पटक सार्वजनिक गरिएको हो ।

बाइकले चार सिलिन्डर इन्जिन परफर्मोनेन्सका साथै आकर्षक चेसिस हेण्डालिङ दिन्छ । यो बाइक खासगरी युवा राइडर्सलाई ध्यानमा राखी बनाइएको छ । २०२१ मोडेलमा राइडरको आराम र बाइकको उपयोगिता बढाउनका लागि विशेषता थपिएको छ ।

२०२१ होन्डा सीबी ६५० आर ट्वीन ट्यूब टाइप फ्रेममा आधारित छ । यो एक कम्प्याक्ट ट्रेपेज्वाइड अनुपातका साथ आउँछ, जसमा स्मूद लाइन्स, मेटलको सतह, बहुत कम साइड प्यानल, रियर स्टील मडगार्ड पाइन्छ । यो बाइकमा ठुलो फ्यूल ट्यांक साथै ओवरहैंग हेडलाइट दिइएको छ । यो बलियो र उच्च प्रदर्शनका लागि डिजाइन गरिएको छ । बाइकमा स्वींग आर्म पिवट र इन्जिन ह्यांगर संरचनाको कारणले वजन कम गर्नमा सफलता पाएको हो ।

बाइकमा ६४९ सीसी, डीओएचसी वाल्व इन लाइन चार सिलेन्डर इन्जिन जडान गरिएको छ । बाइकमा १२,००० आपीएममा ६४ केडब्लूको अधिकतम पावर र ८,५०० आरपीएममा ५७.५ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा ६ गियरबक्स ट्रान्समिसन दिइएको छ । दुबै मोडेलमा असिस्ट र स्लीपर क्लच दिइएको छ ।

२०२१ होन्डा सीबीआर ६५० आर र होन्डा सीबी ६५० आर २०२१ मा धेरै विशेषता मिल्छ । यसमा नयाँ रिफ्लेक्टर लाइट्स, एलईडी टेल ल्याम्प, सीबी ६५० आरमा निलो रंगको साथ सर्कुलर एलईडी हेडल्याम्प, स्टील नम्बर प्लेटको माथि टेल लाइट लागेको छ । यसमा एक डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लास्टर डिभाइस जडान गरिएको छ । जसले गियरको स्थिति, स्पीड, आरपीएम, ड्युल ट्रिप मीटर, डिजीटल फ्यूल लेवल गेज र इन्धनको खपत गेज, डिजिटल घडी जस्ता महत्वपूर्ण जानकारी दिनेछ ।

सुरक्षाका लागि यो दुबै बाइकमा इमरजेन्सी स्टप सिग्नल टेक्नोलोजी, होन्डा इग्निशन सिक्योरिटी सिस्टम तथा होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल जस्ता विशेषता पाइन्छ । बाइकको उच्च परफोमेन्स र सस्पेन्सनलाई बढाउन जापानी निर्माताले ड्युल रेडियल माउन्ट फोर पिस्टन ब्रेक क्यालिपर्स, फ्रन्टमा फ्लोटिङ ड्युल डिस्क तथा एक ड्अल च्यानल एबीएस सिस्टम दिइएको छ ।

२०२१ सीबीआर ६५० आर ग्य्राण्ड प्रिक्स रेड र ब्ल्याक मेटालिक रंगमा उपलब्ध छ । त्यस्तै होन्डा सीबी ६५० आर नियो स्पोर्ट्स क्याफेमा क्यान्डी क्रोमोस्फीयर रेड र म्याट गनपाउडर ब्ल्याक मेटालिक रंगको अप्सनमा छ । २०२१ सीबीआर ६५० आर बाइक बीएस ४ भर्जनको तुलनामा १ लाख १८ हजार भारतीय रुपैयाँ महंगो छ । भारतीय बजारमा दुबै मोटरसाइकलको बुकिङ ६ बिगविङ टपलाइन डीलरशिपमा शुरु भएको छ ।