हेभि इक्विपमेन्ट व्यवसायी कुवँरले गरे राहत वितरण
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
May 8, 2020

नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा चक्रपथ सरसफाई अभियानका संयोजक तारा बहादुर कुवँरले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आहृवान गरिएको लकडाउनका कारण सृजित खाद्यसंकटको अवस्थामा राहत वितरण गरेको छ ।

जारी लकडाउन ४५ दिन पुगिसकेको छ जसकाकारण गरीव, श्रमिक, दैनिक ज्यालादारी गर्ने मजदूरहरु मात्र नभई आमसर्वसाधारणको घरको खानेकुराहरू सकिने अवस्थामा छ । प्रत्येक दिन बिहान र बेलुका के खाने भन्ने समस्या सिर्जना भईसकेको छ ।
राहत सामाग्रीमा चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री रहेका छन् ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बसोबास गर्दै आएका दैनिक आयआर्जन गरी जीवनयापन गर्ने अति विपन्न,असाहय र मजदुरवर्गका परिवारहरुलाई राहत सामग्री वितरण गरिएको हो ।
उनले लकडाउनपछि करिब २ सय ८० परिवारलाई राहत उपलब्ध गराईसकेका छन् । उनी यस अघिपनि पटकपटक असाय वुद्ध, वुद्धा अलपत्र व्यक्तिहरुलाई सहयोग गर्दै सामाजिक कार्यमा अहोरात्र खट्टिरहेका छन् ।
समाजसेवी कुवँरले यसै कुरालाई मध्यनजर गरी राहत वितरण गरेको छ ।