हुन्डाईले ल्यायो नयाँ वर्ष छुट अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 2, 2021

हुन्डाईका लागि नेपालमा आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई चढौं अघि बढौँ अफर ल्याएको छ । नयाँँ वर्ष २०७८ को उपलक्ष्यमा सो अफर सार्वजनिक गरेको हो ।

नयाँ वर्ष छुट अफर अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ ।