सम्बन्धीत समाचार
हार्ले डेभिडसन बाइकको नेपालका लागि आधिकारिक वितरक हार्ले डेभिडसन अफ काठमाडौंले विन्टर अफर सार्वजनिक गरेको छ ।
यस अन्तर्गत हार्लेका बाइक किन्दा १ लाख ५० हजार रुपैयाँ बराबरको मर्चेन्डाइज प्राप्त गर्न सकिने छ ।
यसमा हेल्मेट, राइडिङ ग्लोभ्स, कस्टमाइजेसन पार्ट्स, राइडिङ गियर्स, स्याडल ब्याग र ह्यान्डल बार प्राप्त गर्न सकिनुका साथै हार्ले ओनर्स ग्रुपको सदस्य समेत बन्न सकिने छ ।
केही समयका लागि मात्र उपलब्ध यो अफरबाट लाभान्वित हुन कम्पनीले आग्रह गरेको छ ।
नेपाली बजारमा दुई मोडलका हार्ले डेभिडसन बाइक स्ट्रिट ७५० र स्ट्रिट रड ७५० बिक्रीका लागि उपलब्ध छन् । यी बाइकको मूल्य क्रमशः २३ लाख ५० हजार र २७ लाख ५० हजार रुपैयाँ छ ।