स्याङयोङ फेस्टिभ डिलाइट योजनामा ३ लाखसम्म छुट
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005...…)
October 15, 2020

नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले दसैं–तिहार अवसरमा स्याङयोङ फेस्टिभ डिलाइट योजना ल्याएको छ ।

यस योजनामा ग्राहकले ३ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसमा एक वर्ष निःशुल्क बिमा, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म निःशुल्क मर्मत, २५ हजार रुपैयाँ बराबरको निःशुल्क एसेसरिज आदि सुविधा छन् । योजना असोज २८ देखि कात्तिक २६ गतेसम्म लागू हुनेछ । पुराना सवारीसँग एक्सचेन्ज गरेबापत भने २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस दिइने कम्पनीले बताएको छ ।
कम्पनीले कोभिड–१९ विरुद्ध लडिरहेका डाक्टर, नर्सहरू, स्वास्थ्य सेवाकर्मी र प्रहरीलाई थप १ लाख छुट दिने घोषणा गरेको छ ।