सोनालिका ट्याक्टरको विक्रेता टीटी इन्टरनेसनल
Auto Nepal - Nepal's No. 1 Auto Magazine. (Since - 2005)
November 22, 2020

ईन्टरनेशनल ट्याक्टसर्् लिमिटेडले उत्पादन गर्ने सोनालिका ट्याक्टरको गण्डकी तथा धौलागिरीको लागि आधिकारिक विक्रेताको टिटि ईन्टरनेशनल प्रालिले आफ्नो शोरुम पोखरा–९ नयाँवजारमा सञ्चालनमा ल्याएको छ ।

शोरुमको टि टि ईन्टरनेशनल प्रालिका कार्यकारी अध्यक्ष डिल्लीराज सुवेदी (शिशिर) ले एक समारोहकाबीच शुभारम्भ गर्दै पोखराबाट सोनालिका ब्राण्डका विभिन्न मोडेलका ट्याक्टरहरुको औपचारिक रुपमा विक्री वितरण शुरु भएको घोषणा गर्नुभयो । सोनालिका ब्राण्डमा २२ हर्ष पावर देखी ७५ हर्षपावरका टुडब्लुडि र फोर डब्लुडिका ट्याक्टरहरु उपलब्ध रहेका छन् । यसको मुल्य रु आठ लाखदेखी २४ लाख ७० हजारसम्म रहेको सुबेदीले जानकारी दिनुभयो । ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर २४ धण्टा सेवाका लागी आधुनिक सर्भिस सेन्टर तथा सम्पुर्ण स्पेयर पार्टस्हरुको समेत उपलब्धता रहेको उहाँले जानकारी दिनुुभयो ।

कम्पनीले लक्ष्मी पुजाको शुभ साइत पारेर शोरुम खोलेको हो । शोरुम शुभारम्भको दिनमा नै ६ वटा टेक्टर विक्री गर्न सफल भएको बिक्री प्रबन्धक देवराज पौडेलले जानकारी दिनुभयो ।
नेपालमा सबैभन्दा बढी बिक्रीहुँदै आइरहेको सोनालिका ट्याक्टरलाई गण्डकी तथा धवलागिरी मा समेत सर्वोत्कृष्ट बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।