सुजुकी बर्गम्यान किन्दा १५ हजार छुट
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
July 29, 2020

सुजुकीको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले समेत हाल विशेष स्किम ल्याएको छ । बिगत तीन महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहजता मिलोस् भन्ने हेतुले ‘उतारचढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किम आह्वान गरेको छ ।
ग्राहकलाई १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

सुजुकी बर्गम्यान स्कुटर दराज अनलाइनबाट खरिद गर्दा विभिन्न अफर प्राप्त गर्न सकिने भएको छ ।
सो स्कुटरको मूल्य २ लाख ३५ हजार ९ सय रुपैयाँ रहेकोमा १५ हजार छुटका साथ २ लाख २० हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ । त्यसैगरी यसका साथमा निःशुल्क हेलमेट र एक वर्षको कर छुट समेत प्राप्त हुनेछ ।
कम्पनीले अगाडि सारेको स्किम यही साउन १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ। एक्सचेन्जमा समेत स्किम लागू गरेको कम्पनीले जानकारी दिएको छ ।