सुजुकीको ‘ह्याप्पी न्यु कार’ अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
April 14, 2021

सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष २०७८ को अवसरमा ‘ह्याप्पी न्यु कार’ अफर ल्याएको छ । यस अन्तर्गत सुजुकीका विभिन्न कारहरुमा मोडल अनुसार २ लाख ५० हजार रुपैयाँ छुट अफर उपलब्ध हुनेछ । सुजुकीका २०१९ र २०२० मोडलका कारका लागि लिक्विडेसन प्याकेजको रुपमा ६ लाख रुपैयाँ सम्म प्रदान गरिने छ, सुजुकीका विभिन्न मोडलका कार किन्नका लागि नविल बैंकबाट फाइनान्स सुविधा प्राप्त गर्न सकिने छ । नविल बैंकले यसका लागि ७.४९ प्रतिशत ब्याजदरमै अटो लोन उपलब्ध गराउने छ ।