सीएफमोटो बाइकको क्रिसमस अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
December 18, 2020

सीएफमोटो बाइकको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले क्रिसमस पर्व आइरहेको सन्दर्भमा सो अफर उपलब्ध गराएको कम्पनीको भनाइ छ ।
हालै नेपाली बजारमा उपलब्ध सीएफमोटो बाइकको लिमिटेड एडिसनमा २० हजार रुपैयाँ छुट हुने भएको छ ।
यसलाई नयाँ ग्राफिक्समा डिजाइन गरिएको छ भने इन्धन ट्यांकीमा सीएफमोटो प्रिन्ट गरिएको छ ।

यसको ह्यान्डलबारमा लिमिटेड एडिसनको १ देखि २०० सम्म नम्बर नै लेखिएको हुन्छ । यसमा गोल्डेन कलरको चेन, कार्वन विन्डसिल्ड, एलईडी डीआरएल हेडलाइट र एल्लो कलरको ह्विल प्रयोग गरिएको छ । बाइकमा कलर टीएफटी डिस्प्ले, इन–बिल्ट लाइट सेन्सर, स्टाइलिस एलईडी लाइट, ड्युअल च्यानल एबीएस र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छन् ।
सीएफ मोटो २५० एनके जस्तै अन्य सबै फिचर यसमा उपलब्ध छन् । मेकानिकल परिवर्तन केही गरिएको छैन ।

सीएफ मोटो २५० एनकेमा २५० सीसी सिंगल सिलिन्डर, ४ भल्व लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ । जसले ९००० आरपीएममा २६.५ बीएचपी र ७५०० आरपीएममा २२ एनएमको पिक टर्क जेनेरेट गर्छ ।